काठमाडौ । नेप्सेमा आज पनि गिरावट आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सात दसमलव आठ अंकले घटेर १२ सय ७७ दसमलव एक बिन्दुमा पुग्दा सेन्सिटिभ एक दसमलव ५९ अंकले घटेर दुई सय ७१ दसमलव ४७ बिन्दुमा पुगेको छ ।
एक सय ५४ कम्पनीहरुको तीन हजार नौ सय ९९ वटा कारोवारमा सात लाख ७० हजार चार सय ९८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३१ करोड ३१ लाख ६५ हजार नौ सय १६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज सबैगरी नौ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचकमा २० दसमलव ९४ अंकले सुधार देखिएपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेको छ ।
बाँणिज्य बैक समुहको सुचक सात दसमलव २२ अंकले घटेर ११ सय ३३ दसमलव ४० बिन्दुमा झरेकोमा १५ करोड ९६ लाख ३२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बीमा समुहको सुचक ६६ अंकले घटेर छ हजार दुई सय १८ दसमलव ५६ बिन्दुमा झरेकोमा चार करोड ७६ लाख ९६ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बिकास बैक समुहको सुचक पनि आज एक दसमलव पाँच अंकले घटेर १४ सय ९९ दसमलव पाँच बिन्दुमा झरेकोमा एक करोड २२ लाख ७३ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
जलबिद्युत समुहको सुचक १३ दसमलव १४ अंकले घटेर १५ सय ३४ दसमलव ३३ बिन्दुमा झरेकोमा एक करोड ७५ लाख २४ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यि बाहेक आज फाईनान्स, होटल, अन्य र लघुबित्त समुहको सचुकमा पनि गिरावट आएको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको साँग्रिला डेभलपमेन्ट बैकको सेयर मुल्य सात रुपैयाँ दुई पैसाले बढेर एक सय ८३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको कावेली बिकास बैकको सेयर मुल्य पाँच रुपैयाँ ३३ पैसाले घटेर दुई सय ८५ रुपैयाँमा सेयर कारोवार भएको छ ।
रकम कारोवारका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैकको प्रतिकित्ता सात सय ४१ रुपैयाँमा एक करोड ५२ लाख ११ हजार ६० रुपैयाँको सेयर कारोवार भएको छ ।
यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि १७ सय २५ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ४७ लाख ९८ हजार चार सय ६९ रुपैयाँको सेयर किनबेच भएको छ ।