• २०८१ बैशाख १४ शुक्रबार

सलमान खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्विकार गरेको खुलासा 

kharibot

बलिवुडका सुपरस्टार सलमान खानले आफ्नी पुर्व प्रेमिका ऐश्वर्या रायसँग काम गर्न अस्विकार गरेको खुलासा भएको छ ।

बलिवुडका चर्चित निर्माता निर्देशक संजयलिला भन्सालीले हाल निर्माण गरिरहेको फिल्म ‘पद्मावती’ का लागि सुरुमा सलमान र ऐश्वर्यलाई प्रस्ताव गरिएको खुलासा भएको हो । तर ऐश्वर्य फिल्म खेल्न सर्तसहित राजी भएपनि सलमानले सो फिल्म खेल्न अस्विकार गरेको बलिवुडमा चर्चा चलेको छ ।

भारतीय मिडियाहरुका अनुसार ऐश्वर्याले पद्मावतीमा अहिले रनबीर सिंहले निभाएको अल्लाउद्धीन खिल्जीको भूमिका निभाएमा आफुले फिल्ममा काम गर्ने सर्त राखेकी थिइन् । फिल्ममा ‘पद्मावती’ र खिल्जीको सँगै कुनै सिन नहुने भएकाले ऐश्वर्याले यस्तो सर्त राखेर फिल्म खेल्न राजी भएको बताइएको छ ।

बर्षौ पहिले संजयले सलमान र ऐश्वर्यलाई प्रस्ताव गरेको यो फिल्म अन्तिम पटक रनबीर, दिपीका र शाहिद कपुर फाइनल हुनु अगाडी पनि सलमान र ऐश्वर्यालाई सोधेको भारतीय मिडियाले उल्लेख गरेका छन् । संजय लिला भन्सालीले सलमान र ऐश्वर्याबीच ‘हम दिल दे चुके सनम’ मा जस्तो लभ एंगल बनाउन खोजेपनि सलमानले सो प्रस्तावलाई अस्विकार गरेको बताइएको छ ।

बलिवुडमा संजयलिला भन्साली फरक धारको फिल्म निर्माण गर्ने निर्माता निर्देशकका रुपमा चिनिन्छन् । भन्सालीले निर्माण गरेका फिल्म ब्ल्याक, देवदास जस्ता फिल्म बलिवुडका क्लासिक फिल्मको सुचिमा दर्ता भएका छन् । यसअघि भन्सालीको फिल्म बाजिराव मस्तानी रिलिज भएको थियो ।

हाल भन्सालीले पद्मावतीको सुटिंगमा व्यस्त रहेका छन् । पद्मावतीमा दीपिका पदुकोने, शाहिद कपुर र रनबीर सिंह प्रमुख भूमिकामा रहेका छन् । फिल्म आगामी नोभेम्बर १७ मा रिलिज हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै