• २०८१ बैशाख १६ आइतबार

दुई दिनमै सय करोड क्लबमा सलमानको टाइगर-३

kharibot

काठमाडौँ । बलिवुडका सुपर स्टार सलमान खान र कट्रिना कैफको फिल्म टाइगर-३ ले बक्सअफिसमा शानदार शुरुवात गरेको छ ।

पहिलो दिन ४३ करोड कमाइ गरेको टाइगर-३ ले दोस्रो दिन भारतीय बक्स अफिसमा ५८ करोड कमाइ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुई दिनमा टाइगर- ३ ले १०१ करोड कमाई गरेको छ ।

टाइगर- ३ ले शाहरुखका फिल्म जवान र पठानपछि दुई दिनमा सय करोड कमाई गर्ने फिल्म बनेको छ । त्यस्तै टाइगर- ३ सलमानको सबै भन्दा छिटो सय करोड कमाई गर्ने फिल्म बनेको छ ।

मनिष शर्माले निर्देशन गरेको टाइगर- ३ लाई यश राज फिल्म्सले बनाएको हो । यस फिल्मको लागत करिब ३०० करोड रहेको बताइएको छ । यस फिल्ममा सलमान खान र कट्रिना कैफसहित इमरान हाशमी, रिद्दी डोगरा, आशुतोष राना र विशाल जेठवालगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै