• २०८१ बैशाख १६ आइतबार

सलमानको टाइगर -३ ले अहिलेसम्म कति कमाई गर्यो ?

kharibot

काठमाडौँ । बलिवुडका सुपर स्टार सलमान खान र कट्रिना कैफको फिल्म टाइगर-३ ले बक्सअफिसमा शानदार कमाइ जारी राखेको छ । विहिबार फिल्मले १८.५ करोड कमाई गरेसँगै टाइगर-३ ले १८८ करोड ९६ लाख भारु कमाई गरेको हो ।

टाइगर- ३ ले पहिलो दिन ४३ करोड कमाइ गरेको टाइगर-३ ले दोस्रो दिन भारतीय बक्स अफिसमा ५८ करोड कमाइ गरेको थियो । त्यस्तै तेस्रो दिन ४३.५ करोड कमाइ गरेको टाइगर- ३ ले चौथो दिन २०.५ करोड कमाइ गरेको थियो ।

टाइगर- ३ ले शाहरुखका फिल्म जवान र पठानका रेकर्डलाई पनि पछ्याउन मुश्किल हुने देखिएको छ । 

यसैबर्ष रिलिज भएका शाहरुखको जवानले भारतीय बक्स अफिसमा ६४३ करोड र पठनले ५४३ करोड कमाइ गरेर अहिलेसम्म धेरै कमाइ गर्ने रेकर्ड बनाएका छन् । 

मनिष शर्माले निर्देशन गरेको टाइगर- ३ लाई यश राज फिल्म्सले बनाएको हो । यस फिल्मको लागत करिब ३०० करोड रहेको बताइएको छ । यस फिल्ममा सलमान खान र कट्रिना कैफसहित इमरान हाशमी, रिद्दी डोगरा, आशुतोष राना र विशाल जेठवालगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै