• २०८१ बैशाख १७ सोमबार

शुक्लाफाँटामा बाघको फोटो संकलन गरिँदै

kharibot

फाइल तस्बिर

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको फोटो संकलन कार्य शुरु भएको छ । 

स्वचालित क्यामराबाट फोटो संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । 

“पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेर्दैछौँ,” उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उहाँले बताउनुभयो । बाघको संख्या कति छ भन्नेबारे फोटो विश्लेषणपश्चात्मात्रै थाहा हुने घिमिरेको भनाइ छ । 

विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उनि बताउछन् । “फोटो विश्लेषणपश्चात् संख्या यकिन हुनेछ,” घिमिरेले भने । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्यापिङको सहायताले बाघ गणना शुरु गरिएको थियो । बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताए । स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले पहिलो पटक बाघ गणना गरेको हो । 

सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै