• २०८१ बैशाख १७ सोमबार

आईफोन एक्समा पनि नभएको फिचर सामसुङ ग्यालेक्सी एस९ मा 

kharibot

प्रविधि । चर्चित स्मार्टफोन निर्माता कम्पनी सामसुङले एस९ र एस९प्लस सोमबार विश्वसामु सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनमा एप्पलको आईफोन एक्समा समेत नभएका फिचरहरु रहेको पाइएको छ । उक्त फिचरहरुकै कारण कम्पनीले एप्पलका पछिल्ला बिल्कुलै नयाँ आईफोन ८, आईफोन ८प्लस र आईफोन एक्ससँग प्रतिस्पर्धा गर्नकै लागि सामसुङ तत्पर रहेको देखिएको छ । 

यी हुन् सामसुङ एस-९ र एस-९प्लसका फिचरहरु 

ड्युल अपर्चर क्यामरा 
सामसुङ एस९ र एस९प्लसमा ड्युल अपर्चर क्यामराको फिचर दिइएको छ । यसमा सेन्सर लाइटिङ अवस्थाको हिसाबले क्यामराको अपर्चरलाई एफ÷१.५ देखि एफ÷२.४ सम्म शिफ्ट गरिदिन्छ । यो फिचर आईफोन एक्स र अन्य ब्राण्डेड स्मार्टफोनमा छैन । 

एनिमोजीको अप्सन 
विश्व मोबाइल सम्मेलनका क्रममा कम्पनीले बताएअनुसार ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसमा एप्पलको आईफोन एक्सजस्तै ३डी एनिमोजी दिइएको छ । यसमा कम्पनीले आईफोन एक्सभन्दा धेरै एनिमोजीको अप्सन मिल्ने गरी बनाइएको छ । ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसमा प्रयोगकर्ता आफैँले इमोजी क्रिएट गर्न सक्नेछन् । 

स्टोरियो स्पिकर्स 
योपटक कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोनमा स्टोरियो स्पिकर्स दिएको छ । दुवै स्मार्टफोन आईफोन एक्सभन्दा फरक किसिमले दुवै तर्फ स्टोरियो स्पिकर्स दिइएको छ । 

हेडफोन ज्याक 
एप्पलले आफ्नो फ्ल्यागशिप स्मार्टफोनमा हेडफोन ज्याक दिएको थिएन तर सामसुङले भने आफ्नो स्मार्टफोनमा हेडफोन ज्याक दिएको छ । अहिले पनि प्रयोगकर्ताहरु ३.५ एमएमको हेडफोन ज्याक प्रयोग गर्छन् । यो आईफोन एक्स र गुगलको पिक्सेल डिभाइसमा मिल्दैन । 

फाष्ट वायरलेस चार्जिङ 
एप्पलले पहिलोपटक आईफोन एक्स, आईफोन ८ र आईफोन ८प्लस मा वायरलेस चार्जिंगको फिचर प्रस्तुत गरेको थियो । सामसुङले आफ्नो स्मार्टफोनमा यो फिचर दुई वर्षअघि नै दिएको थियो । अहिले सामसुङले ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लसको वायरलेस चार्जिंग पहिले देखि नै ५० प्रतिशत छिटो रहेको दाबी गरेको छ । 

फिंगरप्रिन्ट सेन्सर 
आजकल हरेक स्मार्टफोनमा फेस अनलकको फिचर दिन थालिएको छ तर धेरैले यसलाई सुरक्षित मान्दैनन् । एप्पलको आईफोन एक्समा केवल फेस अनलकको फिचर दिइएको छ, पिंmगरप्रिन्ट सेन्सर छैन तर ग्यालेक्सी एस९ का प्रयोगकर्ताले भने फेस अनलक सेन्सरका साथै पुरानो फिंगरप्रिन्ट सेन्सर पनि दिएको छ । यो सेन्सरलाई स्मार्टफोनमा पछाडिपट्टि क्यामराभन्दा तल दिइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै