• २०८१ बैशाख १७ सोमबार

आईफोन एक्सको स्क्रिन फेर्न मात्रै २८ हजार रुपैयाँ खर्च हुने

kharibot

न्युयोर्क । एप्पलको चर्चित आईफोन आईफोन एक्सको माग तीव्र बढिरहेको छ । आगामी नोभेम्बर ३ मा आउने यो फोन मात्रै महंगो नभएर टुटेफुटेपछि मर्मतमा समेत व्यापक पैसा खर्च हुने भएको छ ।

एजेन्सीहरुका अनुसार एउटा फुटेको स्क्रिनकै लागि ग्राहकहरुले २७५ डलर अर्थात् २८ हजार छ सय १२ रुपैयाँ पर्नेछ । त्यस्तै एप्पलकै ७९९ डलरको आईफोन ८प्लसको स्क्रिन फेर्न १६९ डलर लाग्नेछ ।

यदि तपाईं एप्पलकेयर प्लस (वारेन्टी प्रोग्राम, यसले १९९ डलर आईफोन एक्सको स्टिकर मूल्यमा थप्छ)मा पैसा खर्च गर्नुहुन्छ भने केही सस्तो हुनेछ । यो प्रोग्राममा पैसा खर्च गरेबापत स्क्रिन मर्मतको २९ डलर र अन्य सम्भावित ड्यामेजको ९९ डलरमा व्यहोर्छ ।

यसमा पनि एप्पलकेयर प्लसले मात्र दुई पटकको ड्यामेज मात्रै व्यहोर्छ । तेस्रोचोटि पनि तपाईंले फोन ड्यामेज गर्नुभयो भने तर मर्मत मूल्य भने ५४९ डलरसम्म पुग्नसक्नेछ ।

यदि तपाईंको आईफोन कथंकदाचित् टुटफुट भएन भने एप्पलकेयरप्लसले बेसिक वारेन्टी एकदेखि दुई वर्षसम्म लम्बिनेछ — यसबाट हेडफोन ज्याक बिग्रिँदा, ब्याट्रीमा समस्या आउँदा बनाउन मद्दत मिल्नेछ ।

गत महिनामात्रै एप्पलले आईफोन एक्स सार्वजनिक गरेको थियो । विशेष गरी यसमा रहेको पूरै ग्लास डिस्प्ले, अनुहार चिनेर अनलक हुने फिचर आदिले चर्चा बटुलेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै