• २०८१ बैशाख १७ सोमबार

अमेरिकी पुर्वराष्ट्रपति विल क्लिन्टन युएइमा

kharibot

दुबई  ।  संयुक्त अरब इमरेटस् (युएई)का उप सर्वोच्च कमाण्डर सेख मोहम्मद जायेद अल नाह्यानसँग अमेरिकाका पुर्व राष्ट्रपति विल क्लिन्टनले भेटवार्ता गरेका छन् । 

युएइको भ्रमणमा रहेका क्लिन्टनले बिहीबार गरेको भेटवार्तामा दुई देशको आपसी सम्वन्धबारेमा छलफल गरेका थिए  ।   दुई देशकाबीचमा कडा सम्वन्ध रहेको र आगामी दिनमा पनि सुमधुर सम्बन्ध बनाउदै लैजान साझा चासोका विषयमा उनिहरूले छलफल गरेको बताइएको छ । 

राज्यद्वारा सञ्चालित वाम नामक समाचार संस्थाले उनिहरूका बीचमा भएको छलफलमा अमेरिकाका लागि युएइका राजदूत योसेफ अल ओटैबा र अबुदाबीको उच्च् अदालतका उपसचिव मोहम्मद मुबारक अल मज्रोइ पनि सहभागी भएका थिए । 

क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । लामो समय देखि युएइमा उनि व्यापार र शिक्षा सम्वन्धि सम्मेलनको नियमित वक्ता रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै