• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डो बिना रियलको सजिलो जित, बार्सिलोनासँगको दुरी घटायो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले  जित हात पारेको छ ।

गएराती भएको खेलमा लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा सुरुमा पछी परेको रियल खेलमा फर्किदै ३-१ को सजिलो जित हासिल गरेको थियो ।

खेलको छैटौं मिनेटमा नै बुस्टिन्जाले गोल गर्दै लेगानेसले सुरुवाती अग्रता लिएको खेलमा खेलको ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरी गरेका थिए  ।

खेलको २९औं मिनेटमा कासिमिरोले गोल गरेपछि रियलले पहिलो हाफ अघि २–१ को अग्रता कायम राखेको थियो । त्यसपछि खेलको ९०औं मिनेटमा पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियललाई तीन अंक दिलाएका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम गराइएको थियो भने ग्यारेथ बेल पनि बेन्चमा थिए । बेल खेलको ७६औ मिनेटमा बेन्जामालाइ रिप्लेस गर्दै मैदानमा आएका थिए ।

जितसँगै रियल मड्रिड ४८ अंक बनाउँदै ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेस भने २९ अंक सहित १२ औं स्थानमा छ । रियल शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा अझै १४ अंकले पछाडी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै