ब्राजिल । एक किशोरीले चार्जमा राखेको मोबाइलमा विद्युत् शर्ट भई पड्किँदा ब्राजिलमा एक किशोरीको मृत्यु भएको छ ।
सो क्रममा हेडफोन १७ वर्षीया किशोरीको कानमै पग्लिएको बताइएको छ । ब्राजिलको रिआचो फ्रिओकी लुइजा पिन्हेइरियोलाई तत्कालै अस्पताल पुर्याइए पनि डाक्टरहरुले उनलाई बचाउन नसकेको द सनले जनाएको छ । यो गत आइतबार भएको घटना हो ।
किशोरीको आफन्तले उनको कोठामा अचेत अवस्थामा उनलाई फेला पारेका हुन् ।
उक्त अवस्थामा उनको फोनमा चार्जर जोडिएको थियो भने उच्च विद्युत् प्रवाहका कारण मोबाइल पड्किएको पाइएको थियो ।
त्यसबेला हेडफोन उनको कानमै थियो । किशोरीलाई घटनाको झण्डै एक घण्टापछि अस्पताल पुर्याइएको थियो ।