• २०८१ बैशाख १६ आइतबार

ललितपुर महानगरले ल्यायो एलर्ट मोबाइल एप

kharibot

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप सञ्चालमा ल्याएको छ ।  नगरबासीको गुनासो,विपत्को जानकारी तथा कुनै समस्याहरुको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

मोबाइल एपमार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ ।

महानगरपालिका क्षेत्र भित्र कुनै पनि समस्या,विपत्ति,वा गुनासो भएमा आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने बताइएको छ । मोबाइल एप शुभारम्भ गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीयहरुको सहजताका लागि मोबाइल एप निर्माण गरिएको जानकारी दिए । उनले महानगरभित्र स्मार्ट सडक बत्ती राख्ने कामलाई तीव्रता दिएको जानकारी दिए ।

महानगरका अनुसार इन्टरनेट नभएको खण्डमा पनि एलर्ट मोबाइल एप चलाउन सकिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै