• २०८१ बैशाख २५ मंगलबार

अहमदाबादको आइपीएल टिमको नाम गुजरात टाइटन्स: हार्दिक कप्तान, नेहरा प्रशिक्षक नियुक्त

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ टिम अहमदाबादको टोलीको नाम गुजरात टाइटन्स हुने भएको छ । फेब्रुअरी १२ र १३ मा हुने मेगा अक्सन अघि अहमदावादले आफ्नो नाम घोषणा गरेको हो ।

त्यस्तै टोलीको मुख्य प्रशिक्षक आशिष नेहरा हुनेछन् भने टिमको कप्तान हार्दिक पाण्डेय हुने  आधिकारिक घोषणा गरिएको छ । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या र अफगानिस्तानका लेजेन्डरी स्पिनर राशिद खानलाई १५-१५ करोडमा तथा युवा ओपनर शुभमन गिललाई ८ करोडमा किनेर आफ्नो टोलीको हिस्सा बनाएका छन् ।

मुम्बई इन्डियन्सले रिटेन नगरेपछि पाण्ड्यालाई अहमदावादले किनेको हो । पाण्डेया गुजरातका हुन् र स्थानीय फ्यानमा रहेको उनको लोकप्रियताको फाइदा उठाउन फ्रेन्चाइजीले उनलाई कप्तान बनाएको बताइएको छ ।

टोलीको नाम कसरी भयो

टोलीका सह-मालिक सिद्धार्थ पटेलले स्टार स्पोर्ट्सलाई नामको बारेमा भने कि हामीले गुजरात टाइटन्सको बारेमा धेरै अनुसन्धान गर्यौं । हामीले यसका लागि एजेन्सी हायर गरेका थियौं, हाम्रो प्रयास पूरा गुजरातको छवि प्रस्तुत गर्ने थियो । टोलीका कप्तान हार्दिकले भने कि मेरो परिवार गुजरातको हो, सबै गुजरातमा बस्छन् ।

अहमदाबादको टिमलाई सिभिसी काटिटल ग्रूपले ५६२५ करोड भारतीय रुपैयाँमा किनेको छ ।

शुभमन र राशिदको दोस्रो टोली

शुभमन गिलको कुरा गर्दा अहमदाबाद आइपिएलमा उनको दोस्रो टोली हुनेछ । शुभमन २०१८ देखि कोलकाताबाट खेल्दै आएका थिए । त्यसपछि कोलकाताले उनलाई १.८ करोडमा किनेको थियो । रशिदलाई सन् २०१७ मा सनराइजर्स हैदरावादले ४ करोडमा किनेको थियो । यसपछि २०१८ मा हैदरावादले उनलाई नौ करोड भारुमा राखेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै