• २०८१ बैशाख २० बिहीबार

डिजिटल भिखारी: क्यूआर कोडबाट लिन्छन् भिख !

kharibot

काठमाडौँ । भारतको विहार राज्यको बेतियाह रेलवे स्टेशनमा आफ्नो घाँटीमा ई-वालेटको क्यूआर कोड झुण्ड्याएको यो तस्बिर आफैमा अद्वितीय छ ।

तपाईलाई अचम्म नलागोस् यी हुन् राजु नामका व्यक्ति एक भिखारी, जो बाल्यकालदेखि नै स्टेशनमा बस्छन् । सुरुदेखि नै उनले आफ्नो जीविकोपार्जनका लागि जनतासँग भिख माग्दै आएका छन् । उनले मानिसहरुले छुट्टा पैसा छैन भन्दै भिख नदिएपछि बैंकमा खाता खोलेको बताएका छन् । अहिले राजुले मानिसहरुसँग छुट्टा पैसा लिदैनन्, बरु क्यूआर कोड स्क्यान गरेर चाहेको पैसा दिन आग्रह गर्छन् । भिख माग्ने उनको यो अनौठो तरिका अहिले चर्चाको विषय बनेको छ  ।

राजु तीन दशकदेखि रेलवे स्टेशनलगायत अन्य ठाउँमा भीख मागेर जीवन गुजारा गर्दै आएका छन् । राजु अशक्त भएकाले आफ्नो पेट पाल्ने अन्य उपाय देखेनन् । उनले लालु यादवलाई आफ्नो बुबा र आफुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भक्त मान्छन् ।

क्यूआर कोडबाट भिख माग्ने अनौठो शैलीका कारण राजुको अहिले चर्चा बढेको छ । उनले स्टेशन र बस स्ट्यान्डबाट बाहिर निस्कने यात्रुलाई सहयोग गर्न अपिल गर्छन् । उनले भने–‘धेरै पटक मानिसले सित्तैमा पैसा नभएको भन्दै सहयोग गर्न अस्वीकार गर्छन् । धेरै यात्रुहरूले फोन पे जस्ता ई-वालेटको जमानामा अब नगद बोक्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । जसका कारण भिख माग्न समस्या परेपछि बैंक खाता खोल्नुका साथै ई–वालेट पनि बनाएको छु । अब म गुगल पे र फोन पे आदिको क्यूआर कोड मार्फत भिख माग्छु ।'

उनले बैंक खाता खोल्न पनि धेरै कठिनाइ भएको बताए । बैंकमा पुग्दा आधार कार्ड र प्यानकार्ड मागेको थियो । आधार कार्ड पहिल्यै थियो, तर प्यान कार्ड बनाउनुपर्ने थियो । त्यसपछि गत महिना मात्रै स्टेट बैंक अफ इन्डियाको बेतियास्थित मुख्य शाखामा खाता खोलिएको थियो । बैंक खाता खोलिसकेपछि ई-वालेट पनि बनाइन्छ ।

आफूलाई लालुप्रसादका छोरा भनिने राजु पश्चिम चम्पारण जिल्लामा हुने लालुका सबै कार्यक्रममा जान्थे । लालु यादव पनि उनको फ्यान थिए र लालुले उनलाई  माया गर्ने गरेको उनले बताउछन् । २००५ मा लालुप्रसाद यादवको आदेशमा सप्तक्रान्ति सुपर फास्ट एक्सप्रेसको पेन्ट्री कारबाट राजुको लागि दैनिक खानाको व्यवस्था लालुले गरिदिएका थिए । यो क्रम सन् २०१५ सम्म जारी रहेको थियो । त्यसपछि भने राजुले आफ्नै पैसाले खान खान थालेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै