• २०८१ बैशाख १५ शनिबार

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

kharibot

काठमाडौं ।  बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै बुर्किना फासोका लागि एक गोल ब्लाटी टुरेले गरेका थिए ।    

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै