• २०८१ बैशाख २३ आइतबार

लेकसाइड र अत्तरियामा जनता बैंकको शाखा 

kharibot

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको शाखा विस्तारको निरन्तरताकोरुपमा आज एकै साथ लेकसाइड, पोखरा र अत्तरीया, कैलालीमा गरी दुुई शाखाहरुको उद्घाटन सम्पन्न भएको छ । बैंकको लेकसाइड शाखा ९३औं र अत्तरीया शाखा ९४औँ हो । यी दुवै शाखाहरुबाट आजैदेखि बैंकिङ्ग कारोवार सुरु भएको छ । 

लेकसाइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि. र  बैंकका सञ्चालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद र संचालक गौतमप्रसाद खनालबाट संयुक्तरुपमा समुद्घाटन सम्पन्न भएको हो ।

लेकसाइड शाखाको समुद्घाटन कार्यक्रममा पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि., संचालक रामबहादुर भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य यदुनाथ अधिकारी, नेपाल पर्यटन परिषद कास्कीका उपाध्यक्ष भरतराज पराजुली र पोखरा लेखनाथ म.न.पा. वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहरीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बैंकका संचालकश्री विनितकुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । 

त्यसैगरी अत्तरीया शाखाको समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका का प्रमुख हरिसिं साउद, बैंकका संचालक संजिव न्यौपाने, उद्योग वाणिज्य संघ अत्तरीयका अध्यक्ष ललित रोकायले मन्तब्य राखेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरे समेतको उपस्थिति रहेको उद्घाटन कार्यक्रमको संचालन बैंकको नेपालगंज क्षेत्रीय प्रमुख ध्रुब कुमार पौडेलले गरेका थिए ।

जनता बैंक नेपाल लिमिटेडले पूर्वमेची देखि पश्चिम महाकाली सम्मशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ ।

बैंकको हाल ५२ अर्ब ४४ करोड निक्षेप र ४९अर्ब २४ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.व. २०७३—०७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस शेयर वितरण् ागरे सगै चुक्तापुँजी ८ अर्ब ७ लाख पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै