• २०८३ मङ्सिर ३ बिहीबार

रेइम्समाथि पिएसजीको फराकिलो जित

रेइम्समाथि पिएसजीको फराकिलो जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा मार्को भेराटी, सर्जियो रामोस र डानिलो पेरेइराले एक एक गोल गरेका थिए भने एक गोल रेइम्सका वोउट फाएजले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा लियोनेल मेसी पिएसजीको टिममा फर्किएका छन् । उनी कोरोना संक्रमणका कारण पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका थिए ।

यो जितपछि पिएसजीको २२ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको निस भन्दा ११ अंकले अगाडी रहेको छ ।

त्यस्तै रेइम्सको २२ खेलमा २४ अंक छ भने लिगमा १४औं स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै