• २०८१ बैशाख २५ मंगलबार

निजामती कर्मचारी युनियन बर्दियाको अध्यक्षमा द्रोणराज शर्मा

kharibot

बर्दिया । नेपाल निजामती कर्मचारी युनियन बर्दिया जिल्ला कार्य समितिको अध्यक्षमा द्रोणराज शर्मा सर्वसम्मत चयन भएका छन् । 

पुष २४ गते शनिबार बर्दियाको गुलरियामा सम्पन्न आठौं अधिवेशनले शर्माको नेतृत्वमा ५ जना महाधिवेशन प्रतिनिधिसहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिपकराज थापा(खुला), विनाकुमारी पौडेल(महिला), कमलबहादुर गुरुंग(समावेशी) चयन भएका हुन् ।  साथै सचिवमा राजेन्द्र प्रसाद सुवेदी, सहसचिवमा तपेन्द्रराज न्यौपाने र कोषाध्यक्षमा अर्जुन आचार्य निर्विरोध भएका छन ।

अधिवेशनबाट भूगोल, क्षेत्र, स्थानीयतह, संघ, प्रदेश समेटेर कार्यसमिति चयन गरिएको अध्यक्ष शर्माको भनाई छ । कर्मचारीको विभेदपूर्ण समायोजन, रिक्त दरवन्दी, सेवा प्रवाहमा कठिनाई एउटै ऐन नहुँदा समस्या परेकाले कर्मचारी हकहितको लागि केन्द्रमा पहल गर्ने अध्यक्षले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै