• २०८१ बैशाख २१ शुक्रबार

मुम्बईमा के गर्दै छन् राजेश हमाल ?

kharibot

काठमाडौँ । महानायक राजेश हमाल हाल मुम्बईमा छन् । भारतीय निर्माता राजेश चौधरीले बनाएको हिन्दी गीतक लन्च गर्ने कार्यक्रमका लागि हमाल अहिले मुम्बई पुगेका हुन् ।

चेहेरा शिर्षकको यस गीतको भिडियोमा हमाल सँग मोडल नीति शाहले अभिनय गरेकी छन् । भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले राजेश हमालसँग बलिवुडको फिल्म बनाउने योजना समेत रहेको बताएका छन् ।

नेपाल र भारतमा शुटिंग गरिएको गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरिएको थियो ।

हमालले भारतीय मिडियासँग कुराकानी गर्दै मुम्बईमा आउँदा आफूलाई बेग्लै उर्जा आउने गरेको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै