• २०८१ बैशाख १५ शनिबार

इशान खट्टर हलिवुडमा

kharibot

काठमाडौं । हलिउड फिल्ममा भारतीय कलाकारको उपस्थिति दिनानुदिन बढ्दै गइरहेको छ । इरफान खान, ऐश्वर्या राय बच्चन, मल्लिका शेरावत, अनिल कपूर, नसिरुद्दीन शाह, कवीर बेदीसहित कैयौं बलिउड कलाकारहरुले हलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।

यही बीचमा अभिनेता शाहिद कपूरका भाइ इशान खट्टर पनि हलिउडमा डेब्यूको तयारीमा छन् । समाचारअनुसार उनी नेटफ्लिक्स फिल्म ‘डन्ट लुक अप’मा अभिनेता लियोनार्दो डिकेप्रियो र जेनिफर लरेन्सका साथ देखिँदैछन् ।

फिल्ममा इशान विशेष भूमिकामा देखिँदैछन् । ‘फिल्ममा इशान १० सेकेण्डको भूमिकामा देखिनेछन् । १० सेकेण्डको भए पनि उनको भूमिकालाई दर्शकले मनपराउनेछन्, किनकि उनको चरित्र कमेडी शैलीको छ ।

फिल्ममा इशानको प्रवेश अचानक हुने भएकाले दर्शकले यसलाई सरप्राइजका रुपमा पाउनेछन्’, इशान निकट स्रोतले भनेको छ । फिल्ममा उनको नाम राघव मनावलन हुनेछ ।

इशानको बलिउड करियरको कुरा गर्दा उनले सन् २०१८ मा ‘वियोन्ड द क्लाउड्स’बाट आफ्नो करियर सुरु गरेका थिए । उनको आगामी फिल्म ‘फोन भूत’ र ‘पिप्पा’ छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै