• २०८१ बैशाख १५ शनिबार

दुबईका शासकको महँगो सम्बन्धबिच्छेद: ७२८ मिलियन डलर तिर्न अदालतको आदेश

kharibot

काठमाडौँ । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल-मकतूमलाई बेलायतको अदालतले दिएको अहिलेसम्मको सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्धामा आफ्नी पूर्व पत्नी राजकुमारी हया बिन्त अल हुसेनलाई ७२८ मिलियन डलर भन्दा बढी तिर्न आदेश दिएको छ ।

राजकुमारी हायाको बाँकी जीवनको सुरक्षा लागत, साथै दम्पतीका दुई छोराछोरी अल जलिला बिन मोहम्मद बिन रसिद अल मकतूम र शेख जायद बिन मोहम्मद बिन रसिद अल मकतूमको लागि चलिरहेको लागत कभर गर्न प्रयोग गरिनेछ ।

त्यस्तै अदालतले अर्को तीन महिनामा ३३३ मिलियन डलरको अग्रिम भुक्तानी गर्न आदेश दिएको छ ।

त्यसैगरी अदालतले शेख मोहम्मदले आफ्ना ९ र १४ वर्षका दुई छोराछोरीको बाँकी जीवनको लागि वा अर्को अदालतको आदेश जारी नभएसम्मको लागि वार्षिक सुरक्षा खर्च तिर्नुपर्ने फैसला गरेको छ।

मंगलबार प्रकाशित आफ्नो लिखित निर्णयमा, न्यायाधीश मुरले राजकुमारी हया र उनका छोराछोरी जलिला र जायदलाई सामना गर्ने सबैभन्दा ठूलो खतरा शेख स्वयंबाट भएको उल्लेख गरेका छन् ।

सेखले राजकुमारी र उनको कर्मचारीको जासुसी गर्न प्यागासस सफ्टवेयर प्रयोग गर्ने गरेको समेत खुलासा भएको थियो । शेख मोहम्मद र राजकुमारी हायाको वैवाहिक जीवनको बारेमा अन्य विवरणहरू लिखित फैसलामा खुलासा गरिएको छ ।

प्रमाणसहित राजकुमारीले चार सुरक्षा कर्मचारीहरूलाई ब्ल्याकमेल पछि ६.७ मिलियन डलर तिरेको  उल्लेख छ ।

बेलायतको उच्च अदालतले शेख मोहम्मदले आफ्नो अकुत सम्पत्ति, राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय प्रभावको प्रयोग गरेर राजकुमारीलाई धम्की दिने र चुप लगाउने प्रयास गरेको बताइएको छ ।

मार्च २०२० मा दिइएको एउटा छुट्टै निर्णयले शेख मोहम्मदले पहिले आफ्ना दुई छोरीहरूको अपहरणको योजना समेत बनाएका थिए । शेखले भने बारम्बार मुद्दामा उठाइएका सबै दावीहरूलाई अस्वीकार गर्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै