काठमाडौँ । एसेज सिरिजमा अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ ।
टेस्टको चौथो दिन इङल्याण्डले दिएको २० रनको लक्ष्य अस्ट्रेलियाले ९ विकेटको जित हासिल गर्दै ५ खेलको सिरिजमा विजयी शुरुवात गरेको हो ।
इङल्याण्डले पहिलो इनिंगमा १४७ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा ४२५ रन बनाउदै पहिलो इनिंगमा २७८ रनको अग्रता लिएको थियो ।
त्यसपछि इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा २९७ रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले केवल २० रनको लक्ष्य पाएको थियो ।
२० रनको लक्ष्य अस्ट्रेलियाले एक विकेट गुमाउदै पुरा गरेको थियो ।
यो जितसँगै ५ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ ।
अब दोस्रो टेस्ट डिसेम्बर १६ देखि शुरु हुने छ ।