• २०८१ बैशाख २५ मंगलबार

राँगनिक म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षक नियुक्त

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले राल्फ राँगनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । युनाइटेडले ६३ बर्षिय जर्मन प्रशिक्षक राँगनिकलाई यस सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

रसियन क्लब लोकोमोटिभ मस्कोको स्पोर्ट्स एण्ड डेभलपमेन्ट डाइरेक्टर रहेका राँगनिक युनाइटेड आउने वातावारण बनेपछि नियुक्तिको घोषणा गरिएको छ ।

अघिल्लो साता नै सहमति भएपनि राँगनिकको वर्क परमिट र अन्य व्यवस्थापकीय करणले उनले औपचारिक घोषणा ढिला भएको थियो । राँगनिक सिजनको अन्त्यपछि क्लबको विशेष अधिकारसहितको सल्लाहकारको रुपमा २ बर्ष रहने क्लबले उल्लेख गरेको छ ।

हाल युनाइटेडको प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको चेल्सीको भन्दा १२ अंक कम छ भने लिगमा आठौ स्थानमा रहेको अवस्थामा राँगनिकमाथि लिग नाजितेपानी च्याम्पियन्स लिगमा छनौट हुनुपर्ने चुनौती रहेको छ ।

राँगनिकलाई जर्मन फुटबलको गडफादर भनिन्छ । सन २००० पछि जर्मनी फुटबलको खेल्ने तरिकाको विकासमा उनको भूमिका उल्लेख्य मानिन्छ । जर्मनी क्लब आरबी लेइपजिंगको सफलतामा पनि उनको ठुलो भूमिका रहेको छ ।

उनले बुण्डेसलिगामा लेइपजिंगसहित शाल्के, होफेंहेइम, हन्नोभर, स्टटगार्ट जस्ता क्लबमा प्रशिक्षकको भूमिका निभाएका छन् । 
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै