• २०८१ बैशाख १५ शनिबार

पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई, रावलको फरक मत

kharibot

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ । 

सचिव बिष्णु पौडेलको प्रस्तावमा ओली १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन ।

कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिन्छु- भीम रावल

नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन् ।

'सहमति गर्नुपर्छ भन्ने ठिक छ । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति होला । उम्मेदवारी दिएन भने त सर्वसम्मत भइहाल्यो नी,' उनले भने, 'विधान विपरित कुनै काम हुन सक्दैन । कि त अब उपरान्त निर्वाचन हुनेछैन भनेर लेख्नुपर्‍यो ।' 

निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्नु गलत रहेको रावलले बताए । समन्वय कमिटी बाहेक सबैमा निर्वाचन हुने विधानमा व्यवस्था रहेकाले पार्टी विधान अनुसार चल्नुपर्ने उनले बताए ।

उनले आफूले कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले आफू बाहेक अन्य नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् ।

उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन- ओली 

अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन् । उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन् ।

ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । 'विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै