• २०८१ बैशाख १८ मंगलबार

नेपालको कम्युनिष्ट आन्दोलनबाट हामी प्रेरित छौं- भारतीय नेता गुप्ता

kharibot

चितवन । सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन् । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन् । 

नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रमा उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहेका छन् ।

हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’

उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै