• २०८१ बैशाख २१ शुक्रबार

डिफेन्डिङ च्याम्पियन मनाङ रारा गोल्ड कपबाट बाहिरियो, पुलिससँग ३-१ ले पराजित 

kharibot

पोखरा ।  डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्ड कपबाट बाहिरिएको छ । 

मंगलबार भएको क्वाटरफाइनल खेलमा मनाङलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा पुलिसले खेलको ५३औं मिनेटमा निरकुमार राईको गोलको मद्धतले अग्रता लिएको थियो । त्यस्तै ५६औं मिनेटमा निरकुमारकै पासमा दिनेश राजबंशीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका थिए । खेलको ७१औं मिनेटमा ३–० को अग्रता लिन सफल भएको पुलिसका लागि तेस्रो गोल सुमन लामाले गरेका थिए । 

मनाङका लागि भने एक मात्र गोल खेलको ८०औं मिनेटमा विशाल राईले फर्काएका थिए । 

खेलको म्यान अफ दि म्याच पुलिसका सुमन लामा भए।

बुधबारको पहिलो सेमिफाइनल खेल उत्तर बरिन्धरा क्लब बंगलादेश र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै