काठमाडौँ । टर्किस एयरलाइन्सले आफ्नो सेवा अमेरिकाका पाँच शहरमा विस्तार गरेको छ ।
टर्किस एयरलाइन्सले इस्तानबुलदेखि अमेरिकाको सिकागो, लस एन्जल्समा आफ्नो सेवा मार्चको अन्तिमदेखि शुरु गर्दै छ भने इस्तानबुलबाट सान फ्रान्सिस्को र वाशिंगटन डोलसमा मे को अन्त्यमा सेवा शुरु हुने भएको हो ।
त्यस्तै बोस्टन र हस्टनमा पनि दैनिक एक उडानबाट सातामा १० उडान गरेको टर्किस एयरलाइन्सले जानकारी दिएको छ ।
त्यस्तै अक्टोबरबाट सेवा शुरु भएको डल्लासमा पनि २०२२ देखि दैनिक उडानमा वृद्धि हुने भएको एयरलाइन्सले जनाएको छ ।
सन् १९३३ मा स्थापना भएको टर्किस एयरलाइन्सले काठमाडौँबाट युरोपलाई जोड्ने प्रमुख एयरलाइन्सको रुपमा सेवा दिदै आएको छ । नेपाल र युरोप जोड्ने प्रमुख एयरलाइन्स रहेको टर्की एयरलाइन्ससँग ३५१ यात्रुवाहक र कार्गो विमान विश्वका ३२६ गन्तव्यमा उडान भर्ने गर्दछन् ।