• २०८१ बैशाख १७ सोमबार

टर्किस एयरलाइन्स र एडभान्स्ड कलेज अफ इन्जिनियरिङबीच साझेदारी

kharibot

काठमाडौँ । टर्किस एयरलाइन्स, नेपाल र एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टबीच साझेदारी भएको छ । टर्किस एयरलाइन्स, नेपालका महाप्रवन्धक अब्दुल्लाह ट्युनर केसेची र एडभान्स्ड कलेज अफ इन्जिनियरिङका कार्यकारी निर्देशक कपिल रेग्मीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताबाट कलेजको ग्रयाजुएटहरुलाई प्राविधिक विकास, आविष्कार र बजारमा प्रतिष्पर्धामा वृद्धि हुने उल्लेख गरिएको छ । दुवै पक्षले साझेदारीमा विद्यार्थीलाई फाइदा हुने र उनीहरुको कला तथा ज्ञानलाई निखार्ने बताएका छन् ।

टर्किस एयरलाइन्सका महप्रवन्धक केसेचीले भने, 'टर्किस एयरलाइन्सले यस देशको युवाहरुलाई सधैं सहयोग गर्दै आएको छ र शिक्षित युवाहरुले यस देशको भविष्य उज्ज्वल बनाउनेछन् । हामीले सधैं युवाहरुलाई विदेश गएर उच्च शिक्षा हासिल गर्न प्रेरित गरिरहेका छौं ।'

टर्किस एयरलाइन्स सन् १९३३ मा पाँच एयरक्राफ्ट सहित स्थापना भएको हो र स्टार एलायन्सको सदस्य टर्किस एयरलाइन्सले यात्रु र ढुवानी विमान गरेर कुल तीन सय ५१ एयरक्राफ्ट तीन सय २० विश्वव्यापी गन्तव्यमा उड्ने गरेको छ ।

जसमा दुई सय ६८ अन्तराष्ट्रिय र ५० घरेलु उडान रहेका छन् भने कुल एक सय २६ राष्ट्रमा उडान भरिरहेको छ । हालै टर्किस एयरलाइन्सले काठमाडौँबाट इस्तानबुल र अन्य देशहरुमा नियमित उडान भरिरहेको छ । टर्किस एयरलाइन्स नेपाललाई प्रत्यक्ष युरोपमा जोड्ने एक मात्र युरोपेली क्यारियर हो ।

अहिलेको महामारीको समयमा पनि टर्किस एयरलाइन्सले विश्वव्यापी रुपमा दुई सय १९ वटा गन्तब्यमा सुरक्षित उडान भरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै