काठमाडौ । कुवेतले नेपाललाई २८ रनको लक्ष्य दिएको छ ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा पहिला ब्याटिंग गर्दै कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको छ ।
कुवेतलाई सस्तैमा आउट गर्न नेपाली बलर रुबिना क्षेत्री र संगीता राईले ३-३ विकेट लिएका थिए भने सरस्वती कुमारी र करुणा भण्डारीले १-१ विकेट लिएका थिए ।
२८ रनको लक्ष्य पाएको नेपाली महिला टिमले जवाफी ब्याटिंग शुरु गरेको छ ।
प्रतियोगितामा मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो भने सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार बेहोरेको थियो ।