काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा लिभरपुलले पोर्चुगीच क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
लिभरपुलको जितमा थिआगो अलकानतारा र मोहमद सलाहले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह बि मा लिभरपुलले शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक हासिल गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै पोर्टोको भने ५ खेलमा ५ अंक रहेको छ ।
यसै समुहको गएराती सम्पन्न अर्को खेलमा एसी मिलनले एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले परजित गरेको छ ।
समुह बि मा अन्तिम १६ मा पुग्ने दोस्रो टिमको टुंगो भने अन्तिम खेलपछि लाग्ने भएको छ । हाल पोर्टो ५ अंकसहित दोस्रो, मिलान र एटलेटिको ४-४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । अब समुह चरणको अन्तिम खेल लिभरपुल र मिलान तथा एटलेटिको र पोर्टोबीच हुने छ । सोहि खेलले अन्तिम १६ मा पुग्ने दोस्रो टिमको टुंगो लाग्ने छ ।