• २०८१ बैशाख २३ आइतबार

बैदेशिक व्यापारमा असन्तुलन उच्च बिन्दुमा, छ महिनामा नेपालको व्यापार घाटा चार खर्ब ९३ अर्ब !

kharibot

काठमाडौँ । नेपालको बैदेशिक व्यापार असन्तुलनको अवस्थाबाट माथि उठ्न सक्ने सम्भावना थप जटिल बन्दै गएको छ । चालू आर्थिक वर्ष २०७४÷०७५ को छ महिनासम्म नेपालले विभिन्न देशबाट पाँच खर्ब ३५ अर्ब ५ करोड ५१ लाख ९८ हजार रुपैयाँका वस्तुहरु आयात गरेको छ ।

छ महिनाको अवधिमा नेपालको व्यापार घाटा चार खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा आयातको तुलनामा निर्यात जम्मा ७ दशमलब ६९ प्रतिशतले नेपालको निर्यात भएको देखिन्छ । नेपालले यस अवधिमा पाँच खर्बका बस्तुहरु आयात गर्दा आधा खर्ब रुपैयाँका वस्तु तथा सेवाहरु निर्यात गर्न सकेको अवस्था छैन । भन्सार विभागको छ महिनाको तथ्यांक हेर्दा नेपालदे छ महिनाको अवधि अर्थात् पुस मसान्तसम्ममा जम्मा ४१ अर्ब १६ करोड ७० लाख रुपैयाँका वस्तुहरु निर्यात गरेको छ ।

नेपालको बैदेशिक व्यापार अधिकांश देशहरुसँग हुने गरे पनि निर्यातको अवस्था हेर्दा निकै दयनिय अवस्था रहेको छ । यस तथ्यांकलाई हेर्दा नेपालको बैदेशिक व्यापारको तुलना नै गर्न नसक्ने अवस्था देखिएको छ । बैदेशिक व्यापार घाटा उच्च बिन्दुमा पुगेको छ । सरकारले निर्यातलाई प्रोत्साहन गर्दै आएको भए पनि नेपालले बैदेशिक व्यापारमा व्योहोर्दै आएको व्यापार घाटाले नेपाल सरकारको नीति र निजी क्षेत्र असफल सावित भएका छन् ।

उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा वार्षिक रुपमा यो घाटा वृद्धि हुँदै गएको छ । नेपालले इन्धन, हवाई पार्टहरुका साथै मेशिनरी गाडीका पाटपुर्जाहरुदेखि कृषिजन्य उत्पादन पशु दानाका लागि कच्चा पदार्थ, ओलिभ तेल, भटमासको तेल पशुजन्य अन्य खाद्य पदार्थm चालम, मकै पनि आयात गर्दै आएको छ । यस्तै, फलाम तथा स्टीलका सामग्रीदेखि फुटवेयर, टेक्सटाइल, आल्मुनियमलगायतका वस्तुहरु आयात गर्दै आएको छ ।

नेपालले मासुको रुपमा प्रयोग हुने जीवित जनावरहरु, फ्रेस माछा, दुग्धजन्य पदार्थ, चीज, तरकारीहरु, चिया, पस्मीना, टेक्सटाइल, हस्तकलाका सामग्रहीहरु निर्यात गर्दै आएको छ । ती वस्तुहरुमध्ये अधिकांश बस्तुको बजार भने भारतसँग हुने गरेको छ । यसका साथै चिनलगायतका अन्य देशसँग पनि हस्तकलालगायत पस्मीनाको कारोबार पनि हुन्छ । नेपालले निर्यात गर्ने वस्तुहरुको परिणाम पनि निकै कम हुने गरेको छ । जस्ले गर्दा व्यापार सन्तुलन गर्न समस्या हुँदै आएको छ ।

अर्काेतर्फ अन्य तेस्रो देशहरु अमेरीका, बेलायललगायतका अन्य देशहरुसँग बैदेशिक व्यापार हुने भए पनि नेपालले भने सोही अनुपातमा निर्यात गर्न नसक्दा पनि बैदेशिक व्यापारमा असन्तुलन कायमै रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय