• २०८१ असार ४ मंगलबार

विकिलिक्सका संस्थापक असान्जले प्रेमिका स्टेलासँग जेलमै विवाह गर्ने

kharibot

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्जले जेलमा नै विवाह गर्ने भएका छन् ।

बिबिसीका अनुसार असान्जलाई आफ्नी प्रेमिका तथा वकिल स्टेला मोरिससँग लण्डनस्थित बेलमार्श जेलमा विवाह गर्ने अनुमति दिइएको हो । 

असान्ज र स्टेलाको लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा दुई बच्चा जन्मिएका छन् । 

अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको आरोपमा हाल लन्डनको जेलमा रहेका असान्जकी वकील समेत रहेकी स्टेलाबाट जन्मिएका ती बच्चाहरु अहिले ३ र २ वर्षका छन् । असान्ज र स्टेला २०१५ देखि नै अफ्येर्समा रहेका छन् भने दुवैले यसअघि नै इन्गेजमेन्ट गरिसकेका छन् ।  

असान्ज अहिले बेलायतको बेल्मार्शस्थित उच्च सुरक्षा व्यवस्था सहितको जेलमा बन्दी छन् । जासुसी गरेको आरोपमा संयुक्तराज्य अमेरिकाले बेलायत समक्ष असान्जलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । तर अदालती सुनुवाईको प्रक्रिया जारी रहेकाले सुपुर्दगीको विषय टुंगो लागिसकेको छैन । 

अफगानिस्तान र इराकमा अमेरिकी सैनिक आक्रमणका गोप्य सूचना एवं विद्युतीय फाइलहरु सन् २०१० मा विकिलिक्सबाट सार्वजनिक गरिएपछि असान्जमाथि अमेरिकी प्रतिजासुसी ऐन बमोजिम मुद्दा चलाइएको छ । अमेरिकाले पक्राउ गर्ने र आफ्नो जीवन नै जोखिममा रहेको भन्दै उनले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएका थिए, तर गत दुई बर्ष अघि उनलाई लन्डन प्रहरीले पक्राउ गरेको थियो ।

इक्वेडरको राजदूतावासमा असान्जले झण्डै एक आठ वर्ष बिताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै