• २०८१ बैशाख १७ सोमबार

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसँग रक्षा र परराष्ट्रमन्त्रीको भेटवार्ता

kharibot

काठमाडौँ । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । 

दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे विचारविमर्श भएको थियो । मन्त्रीद्वयले नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा अवसर दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै