• २०८१ बैशाख २४ सोमबार

नेपालमा कोरोना : २४ घण्टामा ५५७ संक्रमित, ३ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ५५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५२२ र एन्टीजेन परिक्षणबाट ३५ गरि कुल ५५७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.३ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २२० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६०६१ पिसिआर र १५६४ नमुना एन्टीजेन परिक्षण गरि कुल ७ हजार ६२४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २०१ पुगेका छन् । त्यस्तै आइसीयुमा २७३ जना छन् भने देशभर ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ७७८ जना छन् भने होम आइसोलेसनमा ९ हजार ४२३ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म पहिलो मात्रा ८६ लाख ६ हजार ९८८ र पूर्ण मात्रा ६६ लाख ४ हजार १७३ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै