• २०८१ बैशाख २३ आइतबार

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा बैठक स्थगित, कात्तिक १५ गते बस्‍ने

kharibot

विराटनगर । प्रदेश १ को आज बस्ने प्रदेश सभाको बैठक स्थगित भएको छ । अब अर्को बैठक कात्तिक १५ गते बस्‍ने भएको सूचना प्रदेश सभा सचिवालयले सार्बजनिक गरेको हो ।

आइतबार साढे १२ बजेका लागि बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्‍ने गरी स्थगित गरिएको हो । 

मुख्यमन्त्री भीम आचार्यले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै