• २०८१ बैशाख १७ सोमबार

फातीले बार्सिलोनासँग गरे २०२७ सम्मका लागि सम्झौता

kharibot

काठमाडौँ । अन्सु फातीले बार्सिलोनामा आफ्नो नयाँ सम्झौता गरेका छन् । १८ बर्षिय युवा खेलाडी फातीले बार्सिलोनामा २०२७ सम्मका लागि नयाँ सम्झौता गरेका हुन् ।

फातीको बार्सिलोनामा यस सिजनको अन्त्यसम्म सम्झौता रहेपनि बार्सिलोनाले नयाँ शर्त र सुबिधासहित २०२७ सम्म सम्झौता गरेको हो ।

बार्सिलोनासँग फातीको सम्झौता दुई बर्ष नविकरण गर्ने शर्ट भएपनि फातीलाई नयाँ अफरसहित सम्झौता गरेको बताइएको छ ।

लियोनेल मेसीले बार्सिलोना छोडेपछि फातीलाई बार्सिलोनामा मेसीको भूमिकामा विकसित गर्ने योजना अन्तर्गत नयाँ सम्झौता गरिएको बताइएको छ ।

फातीसँग बार्सिलोनाले पेड्रीसँग जस्तै एक सय मिलियन युरोको रिलिज क्लज राखेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बार्सिलोनाका लागि २०१९ देखि खेल्न शुरु गरेका फातीले अहिलेसम्म खेलेका ४८ खेलमा १५ गोल गरेका छन् ।

उनी च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि डेभ्यु गर्ने सबैभन्दा युवा खेलाडी समेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै