• २०८१ बैशाख १७ सोमबार

च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले जेनिथमाथि १-० गोल अन्तरले जित हासिल गरेको हो ।

युभेन्टसको जितमा खेलको ८६औँ मिनेटमा डेजान कुलुसेभस्कीले गरेको गोल निर्णायक गोल भएको थियो ।

यो जितपछि समुह एच अन्तर्गत ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै जेनिथको ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै