• २०८३ मङ्सिर ४ शुक्रबार

नेइमारले पिएसजीको लेइपजिंगविरुद्धको खेल गुमाउने

नेइमारले पिएसजीको लेइपजिंगविरुद्धको खेल गुमाउने

काठमाडौँ । नेइमारले पिएसजीको च्याम्पियन्स लिग अन्तर्गत आरबी लेइपजिंगविरुद्धको खेल गुमाउने भएका छन् ।

हालै ब्राजिलको राष्ट्रिय टिमबाट विश्वकप छनौट अन्तर्गतको खेल खेलेका नेइमारले पिएसजीको आगामी खेल गुमाउने भएका हुन् । बुधबार राति हुने खेलमा समुह ए अन्तर्गत पिएसजीले जर्मनी क्लब आरबि लेइपजिंगको सामना गर्दै छ ।

नेइमार यसअघि पिएसजीले खेलेको एन्गर्सविरुद्धको खेलमा पनि खेलेका थिएनन् । 

पिएसजीले नेइमारको तिघ्रामा चोट भएकोले उपचारको लागि केहि समय थप लिएकोले लेइपजिंगविरुद्धको खेल नखेल्ने उल्लेख गरेको छ ।

ब्राजिलका लागि उरुग्वेविरुद्ध गोल समेत गर्दै उत्कृष्ट प्रदर्शन गरेका नेइमार कहिले मैदान फर्किन्छन् भन्ने बारेमा भने स्पष्ट गरिएको छैन ।

पिएसजीका लागि सर्जियो रामोस पनि इन्जुरीबाट बाहिर निस्केर पिएसजीमा डेभ्युको तयारी गरिरहेका छन् । त्यस्तै पिएसजीका अर्जेन्टिनी खेलाडी लीनड्रो परेडेज पनि इन्जुरीका कारण पिएसजीको यो खेल गुमाउने भएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत समुह ए मा पिएसजीले एक जित र एक बराबरी खेल्दै २ खेलमा ४ अंक सहित शिर्ष स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै