• २०८३ मङ्सिर ४ शुक्रबार

बंगलादेशका क्रिकेटर हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना

बंगलादेशका क्रिकेटर हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै बंगलादेशका खेलाडी तौहिद हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना गरिएको छ ।

बुधबार जोहानेसबर्गमा भएको खेलमा खराब प्रकाशका कारण खेल रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै आक्रामक व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले उनलाई कारबाही गरेको हो ।

हृदोयले खेलका क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि देखाउनेसम्बन्धी आचारसंहिताको नियम उल्लङ्घन गरेका थिए । उनको अनुशासन अभिलेखमा दुई नकारात्मक अङ्कसमेत थपिएको छ ।

उनले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ गर्नुपरेन । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो ।

दुई खेलको टेस्ट शृङ्खलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो टेस्ट नोभेम्बर २३ देखि सेन्चुरियनमा सुरु हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै