काठमाडौँ । बेलायतका सांसदको चक्कुको हमलामा मृत्यु भएको छ । बेलायतको एसेक्समा कन्जरभेटिभ सांसद सर डेविड अमेसको चक्कुको आक्रमणबाट मृत्यु भएको बिबिसीले जानकारी दिएको छ ।
ले-अन-सि को एक चर्चमा भएको घटनामा सांसद अमेसको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रहरीले घटनास्थलबाट एक शंकास्पदलाई चक्कुसहित पक्राउ गरेको बताएको छ । उनी 'मिट योर एमपी' कार्यक्रममा सहभागी भएको बेला चक्कुले आक्रमण गरिएको बताइएको छ ।
६९ बर्षिय अमेस १९८३ देखि सांसद रहेका थिए । उनकी श्रीमती र पाँच बच्चा रहेका छन् ।