काठमाडौँ । भारत साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको जितमा सुनिल क्षेत्रीले दुई गोल गरेका थिए भने मनभिर सिंहले एक गोल गरेका थिए ।
त्यस्तै अलि अशफिकले माल्दिभ्सका लागि एक गोल गरेका थिए ।
यस खेलमा ९३औं मिनेटमा भारतका सुबाशिष बोसले रातो कार्ड पाएका थिए ।
योसँगै भारत ४ खेलमा अपराजित हुदै २ जित र २ बराबरी खेल्दै ८ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ ।
त्यस्तै ४ खेलमा २ जित एक बराबरी र एक हारसहित नेपाल फाइनलमा पुगेको छ ।
अब फाइनल खेल भारत र नेपालबीच हुने भएको छ । यस अघि लिग चरणमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
अब फाइनल खेल आगामी शनिबार नेपाली समय अनुसार राति ८: ४५ बजे हुने छ ।