• २०८१ बैशाख १४ शुक्रबार

उपन्यासकार अब्दुलरजाक गुर्नहले पाए साहित्यतर्फको नोबेल पुरस्कार

kharibot

काठमाडौँ । यस वर्षको  साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने घोषणा गरिएको छ ।

बिहीबार रोयल स्वीडिस एकेडेमी साइन्सले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो ।

तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नहले बेलायतमा बसेर अंग्रेजीमा लेख्दै आएका छन् । एकेडेमीका अनुसार ‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर र्नहलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको छ ।

वोल सोयिन्कापछि नोबेल साहित्य पुरस्कार पाउने गुर्नह पहिलो अफ्रिकी मूलका लेखक हुन् । सोयिन्कालाई सन् १९८६ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

योसँगै यस बर्षको रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ ।

२०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको छ ।

त्यस्तै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो ।

अब शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा गरिदै छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै