• २०८१ बैशाख १६ आइतबार

इरानी जेलमा रहेकि नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा

kharibot

पेरिस । जेलमा रहेकि इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकि छन् ।

तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार उनको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उहाँलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ ।

उनि मुटु र फोक्सोको समस्याबाट पीडित छन् । “अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,” उनले भनिन्। 

मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ ।

मोहम्मदीलाई भेट्न अस्पताल पुगेका साथी र सहयोगीलाई इस्लामिक रिपब्लिक सेक्युरिटी फोर्सले धम्की दिएको र सताएको उनका समर्थकले बिहीबार बताएका छन् ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक स्थलमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आएकी छन् । उनले हिजाब लगाउन इन्कार गरिरहने कसम खेय्कि छन् ।

“महिलाको रूचीबिना नै हिजाब लगाउनु पर्ने कानून उन्मूलन नभएसम्म, म सडकमा यसरी नै हिंड्नेछु, र हिजाब बिना हामी महिलाहरूलाई हिँडेको देखेर तपाईंहरू थरथर काँप्नेछिन्न,” उनले इरान सरकार र अधिकारीलाई सङ्केत गर्दै भनिन्। 

पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बितयेकि छन्  । 

सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उनले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाउएकि छैनन । 

सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि जेलबाट नै इरानमा महिनौं लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीले नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै