• २०८१ बैशाख २२ शनिबार

पोखरा राइनोज भैरहवालाई पराजित गर्दै इपिएलको फाइनलमा

kharibot

काठमाडौँ । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज फाइनलमा पुगेको हो ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पछाएको पोखराले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पोखराका लागि सहान आर्चचिंगेले अविजित ५३ रन बनाए भने विपिन रावलले अव्जित ४० रन बनाएका थिए । त्यस्तै रिचार्ड लेभीले १४ रन बनाए भने रित गौतमले ६ रन बनाए ।

त्यस्तै भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

भैरहवाका लागि आरिफ सेखले २७ रन बनाएका थिए भने कप्तान शरद भेसवाकरले अविजित ३२ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले १८, प्रदीप ऐरीले ११, उपुल थरंगाले १० रन बनाएका थिए ।

त्यसति पोखराका बलर कोइशोर महतो र सहान आराचचिंगेले २-२ विकेट लिएका थिए भने नन्दन यादव र असेला गुनारत्नेले एक एक विकेट लिए ।

योजितसँगै पोखराले इपिएलको फाइनलमा चितवन टाइगर्ससँग खेल्ने छ । फाइनल खेल शनिबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै