काठमाडौँ । उत्तर कोरियाले फेरी अर्को मिसाइल परिक्षण गरेको छ । विहिबार राति उत्तर कोरियाले नयाँ एन्टी-एयरक्राफ्ट मिसाइलको परिक्षण गरेको दक्षिण कोरियाका मिडियाहरुले उल्लेख गरेका छन् ।
पछिल्लो एक महिनामा उत्तर कोरियाको यो चौथो मिसाइल परिक्षण हो । केहि दिन अघि मात्र उत्तर कोरियाले एक नयाँ हाइपरसोनीक मिसाइल लन्च गरेको थियो । यस हाइपरसोनिक मिसाइलमा परमाणु क्षमता समेत रहेको बताइएको छ ।
उत्तर कोरियाले लगातार मिसाइलको परिक्षण गरेपछि अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले लगातारको मिसाइल परिक्षणबात अस्थिरता र असुरक्षालाई लिएर झन् आशंका पैदा भएको बताएका छन् ।
त्यस्तै उत्तर कोरियाले बहने आत्मरक्षाका लागि हतियार जरुरी भएको बताउदै अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ ।
यसैबीच उत्तर कोरियाको सरकारी न्यूज केसीएनएले एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको जनाएको छ ।