• २०८१ बैशाख ३० आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगंजमा

kharibot

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले आज सो शाखा संचालनमा ल्याएको हो । वीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै