• २०८१ बैशाख १७ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठको पुनः नियुक्ति

kharibot

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा   सुयोग श्रेष्ठको पुन: नियुक्ति भएको छ ।

बैंकको संचालक समितिको २९८औं वैठकले बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई ४ वर्षका लागि पुनः नियुक्ति गरको हो । उनको कार्यकाल भदौ १८ गतेदेखि सकिदै थियो । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै