काठमाडौं । रियालिटी टेलिभिजन शो कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् ।
शनिबार भएको फाइनलमा पौडेलले लोकप्रिय कमेडी रियालिटी शो को उपाधि जितेका हुन् ।
कमेडी च्याम्पियनको दोस्रो सिजनमा सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप भए भने गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप भएका छन् । जितसँगै भरतमणीले एउटा कार र २५ लाख पुरस्कार रकम जितेका छन् ।
दर्शकको मतदानको आधारमा विजेता चुनिएको आयोजकले बताएका छन् । कमेडी च्याम्पियनको पहिलो सिजन हिमेश पन्तले जितेका थिए ।