• २०८३ मङ्सिर ६ आइतबार

नेपालमाथि अमेरिकाको ६ विकेटको जित

नेपालमाथि अमेरिकाको ६ विकेटको जित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।

नेपालले दिएको १७५ रनको लक्ष्य पछाएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अमेरिकाले विश्वकप लिग-२ मा लगातार ६ खेलमा पराजित भएपछि सातौ खेलमा जित हासिल गरेको छ । 

अमेरिकाको जितमा स्टिभन टेलरले सर्बाधिक ९२ रन बनाएका थिए । टेलरले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै अमेरिकाका लागि जस्करण मलहोत्राले अविजित ३६ रन बनाएका थिए । त्यस्तै मोनांक पटेलले ३८ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र कारण केसीले २-२ विकेट लिएका थिए । 

यस अघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको थियो ।

नेपालले ४८ ओभरमा अल आउट हुदै १७४ रन बनाएको हो ।

नेपालका लिग सर्बाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाए । कप्तान मल्लले ५५ रन बनाए । मल्लले आज पूर्व कप्तान पारस खड्काको रेकर्ड तोड्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबै भन्दा धेरै रन बनाउने नयाँ रेकर्ड बनाएका छन् ।

त्यस्तै आज एकदिवसीय डेभ्यु गरेका गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १०, रोहित पौडेलले २, कुशल मल्लले ०, सोमपाल कामीले २, सन्दीप लामिछानेले ११ रन बनाए भने सुशान भारीले २ रन बनाए ।

त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभलकरले ४ विकेट लिए भने कील फिलिपले ३ विकेट लिए । त्यस्तै करिमा गोरे र नोस्थुशले केन्जिगेले एक एक विकेट लिएका थए ।

अब नेपालले सिरिजको अन्तिम खेल ओमानविरुद्ध आइतबार खेल्ने छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै