काठमाडौं । रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ ।
आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना हुन लागेको हो । दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा भारतीय र्यापर डिभाइन र नेपाली र्यापर साकारसहित कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले प्रस्तुति दिनेछन् ।
महोत्सवमा संगीतसँगै स्केटबोर्डिङ, बास्केटबल, फ्रिस्टाइल फुटबल, बीएमएक्स, परम्परागत नृत्य, कला तथा फेसनसम्बन्धी गतिविधि पनि सञ्चालन हुनेछन् । स्थानीय उत्पादन, हस्तकला र खानाका परिकारका स्टलसमेत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा संगीतबाहेक स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबललगायतका गतिविधि पनि सञ्चालन हुनेछन् । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि सञ्चालन हुनेछन् । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ, जसमा सहभागीले आफ्नो सीप प्रदर्शन
गरी पुरस्कार जित्न सक्नेछन् । इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्ने बताइएको छ ।
आयोजकका अनुसार महोत्सवले नेपाली कला, संस्कृति, संगीत र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछ । कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन् ।









