• २०८३ मङ्सिर ६ आइतबार

पिएसजीलाई क्लब ब्रुगेले बराबरीमा रोक्यो

पिएसजीलाई क्लब ब्रुगेले बराबरीमा रोक्यो

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेलमा पिएसजी बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा बेल्जियमको क्लब ब्रुगेले पिएसजीलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलको १५औ मिनेटमा पिएसजीका लागि एण्डर हरेराले गोल गर्दै शुरुवाती अग्रता दिलाए पनि क्लब ब्रुगेका लागि खेलको २७औं मिनेटमा हान्स भनाकेनले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेल बराबरीमा सकियो र दुवै क्लबले एक एक अंक बाडेका छन् ।

यस खेलमा पिएसजीबाट चर्चित तीन खेलाडी एमएमएन अर्थात मेसी एम्बाप्पे र नेइमार खेलेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै